• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिराटनगरको जोगबनी नाकामा दोहोरो झडप

विराटनगर । मोरङ्गको विराटनगर नाकामा आइतबार विहानैदेखि प्रहरी र प्रदर्शनकारी बीच दोहोरो झडप हुँदा तनावग्रस्त बन्न पुगेको छ ।
संघीय समाजवादी फोरम नेपालकी राष्ट्रिय उपाध्यक्ष रेणु यादवको नेतृत्वमा धर्नामा बसेका प्रदर्शनकारीहरुलाई प्रहरीले हटाउने क्रममा दोहोरो झडप भएको हो । उक्त झडपमा फोरम नेपाल मोरङ्गका जिल्ला अध्यक्ष राजकुमार यादव, पूर्वअध्यक्ष उमेश यादव, फोरम सप्तरीका दयानन्द गोइत, सुरेन्द्र प्रसाद यादव, श्रीप्रसाद भगतलगायत डेड दर्जनभन्दा बढी आन्दोलनकारीहरु घाइते भएको फोरम सप्तरीका सचिव उमेश कुमार यादवले जानकारी दिए ।
विभिन्न स्थानमा ओलीको पुतला दहन
राजविराज । सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा आइतवार नेकपा एमालेका अध्यक्ष समेत रहेका नेपालका नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।
सदरमुकाम राजविराजमा आन्दोलनकारीहरुले उनको पुतला दहन गरेका छन् । हनुमानगरमा आयोेजित सभामा समेत ओलीको पुतला दहन गरिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य राजकुमार यादवले जानकारी दिएका छन् । यस्तै जिल्लाको कठौना बजारमा समेत आन्दोलनकारीहरुले ओलीको पुतला दहन गरिएको नेता उम्देश्वर प्रसाद साहले बताएका छन् । यसैगरी भारदहमा समेत विरोधसभा तथा ओलीको पुतला दहन गरिएको विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिए ।