- सागरवीर कडारी
नानीबाबु खुशी हुँदै स्कूूलमा आऊ
पढी लेखी ज्ञानी भई भविष्य बनाऊ ।
हातेमालो गरी खेल कहिले बन रेल
गुुरुलाई आदर गर साथीसँग मेल
सफलताको शिखरमा मीठो गीत गाऊ
पढी लेखी ज्ञानी भई भविष्य बनाऊ । चित्र कोर नेपालको गाऊ गौरवगाथा
तराईको फाँट देखाऊ हेर सगरमाथा
भोलिका हौ कर्णधार शिक्षामा रमाऊ
पढी लेखी ज्ञानी भई भविष्य बनाऊ ।