• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका पत्रकार बैद्यनाथ यादवलाई शिक्षा पत्रकारिता पुरस्कार

सप्तरीका पत्रकार बैद्यनाथ यादवलाई शिक्षा पत्रकारिता पुरस्कार

काठमाण्डौ, २२ असोज ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले शुक्रवार आयोजना गरेको एक कार्यक्रमका बीच सप्तरीका पत्रकार बैधनाथ यादव शिक्षा पत्रकारीता लेखनवृती २०७१ बाट सम्मानित भएका छन् ।

महासंघको सभाहलमा आयोजित पुरस्कार वितरण समाहरोमा प्रमुख अतिथी व्यवस्थापिका संसदका सभामुख सुभाषचन्द्र नेवाङ्गले नगद १५ हजार र प्रमाणपत्र प्रदान गरेका हुन् । नेपालको शैक्षिक विकासमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दे नेपाल सरकार, शिक्षा मंत्रालय, शिक्षा विभाग र पत्रकार महासंघको सहकार्यमा स्थापना गरिएको शिक्षा पत्रकारीता पुरस्कार छनौट समितीको निर्णयबाट यादवलाई उक्त पुरस्कार प्रदान गरिएको छ । राष्ट्रको शैक्षिक विकासमा थप योगदानको अपेक्षा गरिएको यादवलाइ प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

सप्तरीलाई कार्यक्षेत्र बनाई विगत डेढ दशकदेखि पत्रकारिता गर्दैआइरहेका यादव सप्तरी जागरण साप्ताहिकको प्रकाशक/सम्पादक, सप्तरी जागरण अनलाइनका कार्यकारी निर्देशक, उज्जयालो ९० नेटवर्क र एभिन्यूज टेलिभिजनमा कार्यरत छन् । यादवसँगै पत्रकारहरु सप्तरीका पत्रकार भोला पासवान र सुनसरीका जयकृष्ण यादवलाई समेत सोही पुरस्कारबाट सम्मनित गरिएको छ ।