• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २२ असोज ।

मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा शुक्रवार विरोधसभाको आयोजना गरेका छन् ।

सभामा बोल्दै युवा नेताहरुले मधेशमा जारी आन्दोलनले ५६ औं दिन पूरा गरिसक्दा पनि राज्य पक्ष गम्भीर नभएकोले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । माग सम्वोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित विरोधसभामा फोरम लोकतान्त्रिकका जिल्ला कोषाध्यक्ष बिन्दु यादव, संघीय समाजवादी फोरम नेपालकी सुनिता साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष सतिश सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीका रबिन्द्र मण्डल, संघीय समाजवादी फोरम नेपालका जिल्ला कोषाध्यक्ष गीता यादव, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, उपाध्यक्ष लक्ष्मण साह, राजेशकुमार झा, सद्भावनाकी महिला नेतृ ललिता देवी लता, तुफान मधेशी, ओमप्रकाश यादव, भोगेन्द्र मण्डल, पञ्चदेव यादव, रामकिसुन यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् ।