• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पर्साका ईन्जिनियरहरुद्वारा ऐक्यवद्धता जुलुस

पर्साका ईन्जिनियरहरुद्वारा ऐक्यवद्धता जुलुस

पर्सा, २१ असोज ।

नेपाल ईन्जिनियर्स एशोसिएसन क्षेत्रीय केन्द्र पर्सा बीरगञ्जले मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मगंलबार जुलुस निकालेको छ ।

घण्टाघरबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै मितेरी पुलमा पुगेको थियो । ¥यालीमा एसोसिएसनका पुर्व अध्यक्षहरु ईन्जिनियर लालबाबु चौरसिया, ईन्जिनियर मुनाकुमार सर्राफ, उपाध्यक्ष ईन्जिनियर बिनोद प्रसाद यादव, क्षेत्रीय सदस्य ईन्जिनियरहरु राजेश यादव, राजबाबा, प्रमोद साह, श्यामबाबु प्रसाद, आत्माराम साहलगायतको सहभागिता रहेको थियो ।