• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सदभावना अध्यक्ष महतोको घरमा तोडफोड, सर्वत्र भर्त्सना

सदभावना अध्यक्ष महतोको घरमा तोडफोड, सर्वत्र भर्त्सना

राजविराज, २१ असोज ।

सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको काठमाण्डौ स्थितको घर तथा पार्टीको सम्पर्क कार्यालयमा स्थानीय युवाहरुको एक समूहले विहीबार तोडफोड गरेका छन् ।

युवाहरुको समूहले नेता महतो विरुद्ध नाराबाजी गर्दै सिनामङ्गल स्थित निजी निवास तथा थापा गाउँमा रहेको केन्द्रिय सम्पर्क कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट उनको घरको झ्यालको सिसा तथा झ्याल–ढोकामा क्षति भएको पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले जानकारी दिए । उनले भने ‘राष्ट्रिय अध्यक्ष महतोको घरमा तोडफोडको घटनाले हामी अति चिन्तित एवम् गम्भीर भएका छौं, घटनाको विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै यस विषयमा पार्टीका नेताहरु बीच समेत छलफल भइरहेको छ ।’

यता हनुमान ढोका प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले नेता महतोको घरमा तोडफोड नभएको सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । ‘केही युवाहरुको एक समूह प्रदर्शन गर्न गएको तर प्रहरीले सम्झाएर पठाएको दावी गरेका छन् ।

यसैबीच संघीय लोकतान्त्रिक मोर्चाले अध्यक्ष महताको घर तथा सम्पर्क कार्यालयमा भएको आक्रमणको भत्र्सना गरेका छन् । मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आमजनतालाई संयमता कायम राख्न आह्वान गर्दै दोषीमाथि कडा कार्वाही गर्न समेत माग गरेका छन् ।

यस्तै सत्ताधारी तीन दलको उक्साहटमा नेता महतोको घरमा तोडफोड भएको भन्दै मधेशी मोर्चा सप्तरीले घोर निन्दा गर्दै यसको प्रतिकार गर्न समग्र मधेश तयार रहेको चेतावनी समेत दिएको छ । मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला यसलाई दमन गर्न कुनै कसर बाँकी नराखेका सत्ताधारी दलले तल्लो स्तरमा उत्रेर मधेशवादी दलका अगुवाको घरमा मात्र नभई भौतिक आक्रमणमा समेत उत्रेको भन्दै मोर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटना अविलम्ब रोक्न तथा दोषीहरुलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । मधेश र मधेशीहरुलाई अधिकार विहिन बनाउने र छातीमा गोली हानी आक्रमण गर्नेहरु विरुद्ध कडा प्रतिकारमा उत्रिने चेतावनी समेत उनले दिएका छन् ।

1472005_1078924048786660_4960568526698895485_n
यसैगरी सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले समेत उक्त घटनाको घोर भत्र्सना एवम् निन्दा गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कडा कार्वाही गर्न समेत राज्यपक्षसँग उनले जोडदार माग गरेका छन् ।
यस्तै पार्टी अध्यक्ष महतोको नीजि निवास र पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा गालीगलौज गर्दै ढुंगामुढा र तोडफोड गरेको भन्दै विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोकुमार यादवले घोर भत्र्सना गरेका छन् । विहीबारै उनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले आफूहरुको स्वाभिमानमाथि प्रहार भएको ठहर गरेको छ । मधेश आन्दोलनप्रति सहानुभुति र समर्थन गर्नुको साटो यसरी अमानवीय र अभद्र ब्यवहार प्रदर्शन गरिनुवाट सत्ताधारी दलहरुको वास्तविक चरित्र उदाङ्गो भएको विज्ञप्तिमा उल्लेख छ ।

rajendra-mahato s
साम्प्रदायिक दङ्गा भड्काउनेहरुका कारण मधेशसहित मुलुकमा निम्त्याउन सक्ने खतराप्रति सचेत गराउँदै प्रेस विज्ञप्तिमा भनिएको छ ‘जारी आन्दोलन अधिकारका लागि भएकोले हामी विखण्डनका पक्षमा छैनौ तर, अहिले खस पहाडियाहरुले नै त्यसलाई मलजल गरिरहेको पछिल्लो घटनाले देखाएको हामीले महसुस गरेका छौ, यस्ता घटनाहरु वढदै गए प्रतिकार हुन सक्ने र भोलीका दिनमा आन्दोलन त्यसवाटोमा पनि लाग्न सक्ने कुरा स्पष्ट पार्न चाहान्छौ ।
स्वाभिमानी मधेशी जनताले यस्ता घटनाको कडा प्रतिकार गर्न सदैव तयार रहेको भन्दै त्यसपछि उत्पन्न हुने अवस्था र जनधनको क्षतिको जिम्मेवारी सत्ताधारी तीन दल कांग्रेस, एमाले, एमाओवादीका नेताहरुले लिनुपर्ने अध्यक्ष यादवद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । उक्त घटनाको न्यायिक छानविन गरी अविलम्व दोषिलाई न्यायको कठघरामा उभ्याउन विद्यार्थी मञ्चले जोडदार माग गरेको छ । यस्ता घटनावाट मधेशी जनता, विद्यार्थी, वुद्धिजीवी, युवा, किसान, मजदुर लगायतले हतोत्साहित नभई मधेशप्रतिको जारी आन्दोलनमा अझ थप उर्जाका साथ आन्दोलनमा होमिन समेत मञ्चले आह्वान गरेको छ ।