• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

बलिदानीको बद्ला युद्ध मैदानबाटै जनताले लिने छन्ः गोइत

बलिदानीको बद्ला युद्ध मैदानबाटै जनताले लिने छन्ः गोइत

राजविराज, २० असोज ।

लामो समयसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा कठोर संघर्ष गर्ने राजनीतिक व्यक्तित्व हुन् जयकृष्ण गोइत । तत्कालिन नेकपा माओवादीको मधेशी मुक्तिमोर्चाका नेतृत्व तहमा रहेर मधेश र मधेशी जनताको हक अधिकारका लागि उनले सशक्त आवाज उठाएका थिए । सोही क्रममा माओवादीबाट विद्रोह गरेर २०६१ साल साउन १० अखिल तराई मुक्ति मोर्चाको केन्द्रिय संयोजक भएर तराई–मधेशमा सशस्त्र क्रान्तिको शंखनाद गरेका थिए । तराईमा सशस्त्र आन्दोलनको सुत्रपातकर्ता गोइतको नेतृत्वमा मधेश मुक्ति टाइगर्स तराई, अखिल तराई मुक्ति मोर्चा र तराई कोबरा बीच असोज ३ गते कार्यगत एकता भई संयुक्त मुक्ति मोर्चाको गठन भएको छ । मोर्चाको समेत संयोजक रहेका उनीसँग नेपालको संविधान, वर्तमान राजनीतिक आन्दोलन र मधेश आन्दोलनको सन्दर्भमा न्यूज टुडेका सम्पादक श्यामसुन्दर यादवले हालै साक्षात्कार गरेको छ । प्रस्तुत छ संयोजक गोइतसँग गरिएको कुराकानीको केही अंशः

‘आइरन कट्स आइरन, डायमण्ड कट्स डायमण्ड’  बलिदानीको बद्ला युद्ध मैदानबाटै जनताले लिने छन्ः गोइत

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको छ, यस विषयमा तपाईको प्रतिक्रिया के छ ?
हामीले त पहिलो संविधानसभालाई पनि विरोध गरेका थियौं । संविधानसभाको चुनावमा भाग नलिन आह्वान नै गरेका थियौं । पहिलो संविधानसभा संविधान नै नबनाई भङ्ग भयो । दोस्रो संविधानसभाबाट जारी गरिएको संविधान त झन तराई (मधेश)का जनताहरुको विरोधमा छ । यो संविधानले मधेशी थारु, मुस्लिम, दलित, आदिवासी, जनजातीलगायतका पछाडि पारिएका समुदायलाई पुनः दास बनाउने काम भएको छ ।
यो संविधानलाई तराई–मधेशका जनताले स्वीकार गरेको छैन । तपाईलाई थाहै होला, जुन संविधान जारी गरेको छ त्यो दिन पनि निहत्था जनतामाथि राज्यले वर्वरतापूर्वक गोली हानेर मधेशी जनताको जनताको लाशलाई कुल्चेर अगाडि बढेको छ । जनताले टाउँको र छातीमा गोली खाएर भए पनि पहाडी खस शासकहरुले जारी गरेको संविधानको विरोध गरेको छ ।
संविधान जारी भएकोमा जनताले खुशीयाली पनि मनाएको छ नि ?
तराई–मधेश उपनिवेशिक उत्पीडन छ । संसारको इतिहास छ,  जो मालिक हुन्छ र जो उपनिवेशिकमा गुलाम हुन्छ उसमाथि शासन गर्न दिइने पीडामा खुशीयाली मनाउनु स्वभाविक हो ।  तर शासकवर्गले ठूलो अपराध गरेको छ । तराई मधेशका जनताले गोलीको जवाफ गोलीले दिनेछ ।
मधेशवादी दलहरुले स्वायत मधेश प्रदेशसहितको माग राखी करिब पौने दुई महिनादेखि आन्दोलनलाई निरन्तरता दिँदैआएका छन् अहिलेसम्म माग सम्वोधन नहुनुमा के कारण होला ?
हेर्नुस्, ब्रिटिश इष्ट इण्डिया कम्पनी र ब्रिटिश शासकले आफ्नो स्वार्थका लागि नेपाललाई हस्तान्तरण गरेको छ । ३१ जुलाइ १९५० मा नेपाल–भारत बीच भएको सन्धीको धारा ८ अनुसार तराईमाथि नेपालको शासन गर्ने अधिकार छैन । राजनीतिक विज्ञान हो इतिहास र राजनितीक रुपमा हे¥यो भने तराई स्वतन्त्र छ । हामीहरु यो संकल्पलाई पुरा गर्न चाहन्छौं । तराईवासीको यसैमा कल्याण छ । कुर्सीको लोभ भएका नेताले प्रदेशको कुरा उठाउँदैआएको छ । यसले मधेशी जनताको मुक्ति हुँदैन । यदी हिम्मत छ भने बसेर छलफल गरोस् मधेशी जनतालाई जज बनाइयोस् आफै प्रष्ट हुन्छ हामी कुन आधारमा स्वतन्त्रता मागिरहेका छौं र उनीहरुले कुन आधारमा संघीयतमा मागिरहेको छ ? युएनओलाई चिट्ठी लेखिसकेका छौं ।
युएनओको मध्यस्थतामा वार्ता होस् यदी हाम्रो मुद्दा गलत साबित भयो भने बन्दुक फ्याँकेर राजनीति गर्न छाडिदिन्छु । स्वतन्त्रता नभएसम्म तराई मधेशका जनताको आर्थिक, सामाजिक, राजनीतिक, भाषिक, सांस्कृतिक अधिकार र आफ्नो राष्ट्रिय पहिचान कायम हुन सक्दैन । नेपाली शासनबाट मुक्ति नपाएसम्म मधेशी जनताको कल्याण असम्भव छ ।
हालै जारी भएको संविधानमा त मधेशबाट निर्वाचित मधेश सभासद्हरुले पनि हस्ताक्षर गरेको छ, यो संविधान कसरी मधेश विरोधी भयो ?

Goit New Photos

नेपाली कांग्रेस, एमाले र नेकपा माओवादीमा रहेका मधेशीहरु नेता होइन, उनीहरुका खेताला हुन्, गुलाम हुन् । उनीहरुले धेरै ठूलो अपराध गरेको छ । संविधान बनाउने नाममा निहत्था मधेशी जनतामाथि निर्ममतापूर्वक गोली चलाइएको छ ।
मधेशबाट निर्वाचित सभासद्हरुले संविधानमा हस्ताक्षर गरेर आत्मसमर्पण गरेको छ । सहीद रातो र तातो रगतले राष्ट्रपति डा. रामवरण यादवले संविधानमा हस्ताक्षर गरी घोषणा गरेको छ । मधेशी जनतालाई मारेर संविधान जारी गर्ने सभासद्हरु भन्न चाहन्छु ‘एक पटक तपाईहरु चार वर्षिय बालक चन्दन पटेल, १४ वर्षिया रामशिला मण्डलको परिवार भए एकपटक सोचिदिनुस् । नेपाल सरकारलाई तराईका मूल निवासीहरुमाथि गोली चलाउने अधिकार छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरी मधेशी जनतालाई गोली हान्न लगाएर संविधान जारी गरेको छ । संविधानमा हस्ताक्षर गर्ने सभासद्हरुलाई मधेश छिर्ने अधिकार छैन ।
कैलालीको टिकापुरमा भएको घटनाको विषयमा यहाँको धारणा के छ ?
तराई मधेशका मूल निवासीहरुलाई नेपाली राज्यसत्ताले अहिलेसम्म स्वीकार गरेको छैन । तराई–मधेशका जनताले स्वीकार गरेको छैन । तराई मधेशका मूल निवासीहरुलाई नेपाली राज्यसत्ता र नेपाली समाजले अहिलेसम्म स्वीकार गर्न सकेको छैन । यहाँसम्म कि नेपालका मानवअधिकारवादी र पत्रकारहरु पनि नेपाली राज्यसत्ताको पृष्ठपोषक भएर काम गरिरहेको छ । उनीहरुमाथि आश गर्नु व्यर्थ छ ।  यसको ज्वलन्त उदाहरण हो २०६३ सालको नेपालगञ्ज घटना । त्यही संयुक्त राष्ट्र संघको क्षेत्रीय कार्यालय थियो, उक्त कार्यालयको प्रमुख पहाडी थिए । त्यत्रो ठूलो घटना हुँदा पनि प्रतिवेदनसम्म सार्वजनिक गरेन ।
मधेशी जनताको शालिनतापूर्ण आवाजलाई पहाडी शासकवर्गले स्वीकार गर्न चाहेको छैन ।  तराई मधेशमा यदी कुनै समुदायको उत्पीडन भएको छ भने त्यो समुदाय हो । पश्चिमका थारुहरुलाई दास, कम्लरी, कमैया बनाउनुका साथै शासकवर्गले अस्मितामाथि समेत प्रहार गरेको छ । थारुहरुले ज्यादतीको प्रतिकार गर्नुलाई अन्यथा भन्न मिल्दैन । आफ्नो हक अधिकारका लागि तराई मधेशका जनताले बलिदानी दिएको छ, उक्त बलिदानीको बद्ला युद्ध मैदानबाटै जनताले लिने छन् । कतिलाई मार्छ ? एउटाको सहादत हुन्छ हज्जारौं जन्मिन्छ । मधेशी सपूतहरुको बलिदानीको बदला लिन जस्तोसुकै लडाई लड्न हामी तयार छौं ।
यता मधेशवादी दलहरुले आन्दोलनलाई सिमा नाका केन्द्रित गरेको छ भने उता भारतले अघोषित नाकाबन्दी गरेको भनिन्छ नि ?
आदिकालदेखि मधेशीहरु यही भूमीमा बसोबास गर्दैआएका छन् । पहाडीहरु कुमायु, गढबाल, चितौढ, मेघालय, कर्णाटक आदि ठाउँहरुबाट आएका हुन् । मधेशको आफ्नै इतिहास र पहिचान छ । ऐतिहासिकताको प्रमाण अवधी भाषामा लेखिएको रामायण, प्राचीन मिथिला राज्यको राजधानी जनकपुर, बुद्ध, राजा जनक, राजा विराट, जानकी आदि छ ।  उनीहरुले अहिले आफूलाई मूल निवासी बुझिरहेका छन् भने मधेशीलाई आप्रवासी बुझिरहेका छन् ।
भारतीय पक्षबाट यदी कुनै गल्ती हुन्छ भने त्यसको सजाय मधेशी जनतालाई भोग्नुपरेको छ । यसको ज्वलन्त उदाहरण हो ऋतिक रोशन काण्ड । बोल्यो ऋतिकले तर पिटाइ खायो मधेशीले । राजविराजमा आयोजित सभामा सप्तरीकै खुशीलाल यादव प्रहरीको गोलीको शिकार भए । अहिलेसम्म मधेशी समुदायले सामाजिक लोकतन्त्रको अनुभूती गर्न पाएको छैन ।
मधेशमा जारी आन्दोलनलाई नेपालका जिम्मेवार नेताहरुले भारतबाट सञ्चालित भएको हो भनेर भन्दैआएको छ नि ?
यो भ्रम श्रृजना गर्ने हतकण्डा मात्र हो । पृथ्वीनारायण शाहले अंग्रेजबाट तराई लिएदेखि नै विभेद तथा षड्यन्त्र हुँदैआएको छ । मकवानपुर राज्यबाट कमला नदीदेखि चितवनको ठोरी नाकासम्मको भूभाग लिएपछि त्यतिबेलै अत्याचार सहन नसकेर पाँच सय मूल निवासी भाग्न बाध्य भए । भारतको बेतियाका वाणिज्यदूतले उनीहरुलाई बसाएको इतिहास छ ।
मधेशी जनताको सामु समेत एउटा गम्भीर सवाल छ, मूल निवासी कि भारतीय आप्रवासी । भारतबाट तराईका जनताभन्दा बढी लाभ पहाडीहरुले लिइरहेका छन् । यदी भारत हामी तराई मधेशका मूल निवासीहरुलाई सहयोग ग¥यो भने नेपालमा राणा शासन, पञ्चायती व्यवस्था, शाही शासनको अन्त्य भए झैं तराई मधेशका जनता स्वतन्त्र हुने निश्चित छ ।

तपाईहरुले छुट्टै तराई मधेशको कुरा गर्नु हुन्छ, भारतमा यस्तै मागहरु व्यापक रुपमा उठिरहेका छन् । यस्तो अवस्थामा भारत लगायत अन्तर्राष्ट्रिय निकायले सहयोग र समर्थन दिँदैन नि ?
मधेश प्रदेश नदिए स्वतन्त्र मधेश लिने कुरा गरेर नेताहरुले जनतामा भ्रम छर्ने काम गरिरहेको छ । १९५० को सन्धी अनुसार गोर्खाल्याण्ड, ग्रेटर नेपाल र स्वतन्त्र तराई कुरा उठ्छ । बसेर बहस गरोस् म बहस गर्न तयार छु । ग्रेटर नेपालको कुरा उठ्दा टिष्टादेखि मेची र महाकालीदेखि सतलजसम्म भारतीय भूमी जोडेर कुरा उठाउँदा विखण्डनकारी नहुने, हामीले स्वतन्त्र तराईको कुरा उठाउँदा बिखण्डकारी हुने ? अन्तर्राष्ट्रिय प्रतिनिधी राखोस् हामी बिखण्डन भन्छौं कि स्वतन्त्र ।
संघीयतामा मधेश प्रदेश भएपछि मधेशी जनताको हक अधिकार सुनिश्चित भईहाल्छन् नि ?
जनताले २०६३ सालको आन्दोलनमा पहाडी नेता तथा साहित्यकारहरुको शालिक तोडफोड गरिदियो । सरकारी कार्यालयहरुका नेपाल सरकारको ठाउँमा मधेश सरकार लेखेर देखाइदियो । तर मधेशवादी दलहरुले भने नेपाललाई संरक्षण गरेर राखेको छ । तपाई हेर्नुसन् आफ्नो आफ्नो पार्टीका नाममा अझैं नेपाल जोडेर राखेको छ । मधेश प्रदेशै लेखिदिए पनि यसले केही हुनेवाला छैन । शासनसत्ता नेपाली शासककै हातमा निहित रहन्छ ।
तपाईहरुको आन्दोलन निष्प्रभावी रह्यो नि ?
‘१८५७ मा भारतमा शुरु भएको आजादी आन्दोलनले मूर्त रुप पाउन ९० वर्ष लाग्यो । आन्दोलनको तिथि मिति हुँदैन । हामीले जनतालाई बुझाउन सकेनौं वा जनताले बुझेन । यद्यपी हामीले तराईमा सशस्त्र आन्दोलन गर्दैआएको मधेश मुक्ति टाइगर्स तराई, अखिल तराई मुक्ति मोर्चा र तराई कोबरा बीच असोज ३ गते कार्यगत भई संयुक्त मुक्ति मोर्चाको गठन गरेर संगठित रुपमा अगाडि बढ्ने संकल्प गरेका छौं । त्यसैले यो आन्दोलनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन । हामीहरुले भावी सन्तानको परिकल्पना गरेर आन्दोलन गरिरहेका छौं । हामी आफ्नो मागमा दृढ छौं । तराई(मधेश) मूल निवासीहरुसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि एक मुठी चामल दिएर सहयोग गर्नुस्, आजादी हामी दिन्छांै । हामी प्राणको आहुती दिन तयार छौं ।
तपाईको बिचारमा मधेशी जनताको मुक्ति कसरी हुन्छ ?
भारतमा महात्मा गाँधीले ब्रिटिससँग शान्तिपूर्ण आन्दोलन गरेको थियो । नेपाल सरकारको जस्तो हिंसक त्यतिबेलाको ब्रिटिश सरकार हिंसक थिएन । ‘आन्दोलनको स्वरुप कस्तो हुने हो ? यसको माग निर्धारण राज्यको शैली र व्यवहारमा निर्भर गर्दछ । मधेशी जनता अब सचेत भइसकेको छ, जनताले बन्दुकको जवाफ पनि दिन जानेको छ ।’ शान्तिपूर्ण आन्दोलन नियन्त्रणभन्दा बाहिर गइसकेपछि ढाडभन्दा तलमात्र गोली हान्ने अन्तराष्ट्रिय नियम रहे पनि शान्तिपूर्ण आन्दोलनमा टाउँको र छातीमा निशाना बनाइएको छ ।
शान्तिपूर्ण आन्दोलनकै जगमा नेपाललगायत विश्वका विभिन्न देशहरुमा परिवर्तन भएको इतिहास हुँदैहुँदै हतियारबन्द आन्दोलन किन ?
नेपालीहरु हिंसक हुन्छ । भीमसेन थापापछिका सबै प्रधानमन्त्रीहरुको हत्या भएको छ । तराईमा बुद्ध जन्मिएको छ । यहाँका वासिन्दाहरु शान्तिप्रेमी छन् तर शान्तिपूर्ण आन्दोलनमा पनि गोली चलाएर मधेशी जनतालाई मार्ने काम हुन्छ भने चुप लागेर बस्नु उचित छैन । बन्दुकको जवाफ बन्दुकले नै दिनुपर्दछ । आइरन कट्स आइरन, डायमण्ड कट्स डायमण्ड । यदी जवाफ दिइएन भने पहिलो मधेश आन्दोलनमा ५२ जनाको सहादत हालको आन्दोलनमा करिब चार दर्जनको सहादत भएको छ । के हामी यसरी नै बलिदान दिईरहने ? महोत्तरीको घटनामा प्रहरीको गोलीबाट नातीको मृत्यू भएपछि कफन (कात्रो) लिन जाने क्रममा हजुरबुवालाई गोली हानेर मारिदियो । आदर्शवान रामले पनि अत्याचारी रावणको अन्त्य गर्न र भगवान कृष्णले पनि कंशमाथि अस्त्र उठाएको छ । अत्याचार भएपछि अवतार हुन्छ नै ।
अन्त्यमा, केही भनाइ छ कि ?
हामी पूर्व मेचीदेखि महाकालीसम्मको हामी स्वतन्त्र तराई मधेशको लागि संघर्ष गरिरहेको कुरा आमजनतालाई जानकारी गराउन चाहन्छु । हामीले त अहिले पनि भनिरहेका छौं संयुक्त राष्ट्रसंघको मध्यस्थतामा वार्ता होस् । यदी वातावरण बनाइएन भने हामी लड्छौं । हामी यस्तो वातावरण बनाउँछौ कि पुस्तौंपुस्तासम्म लड्नेछ । पञ्जाबका गुरु गोबिन्द सिंहले हरेक पञ्जाबीलाई लडाकु जाति बनाईदिएको छ । मधेशी युवालाई मेरो आग्रह छ, अब धोती लगाउनु पर्र्दैन, अब कम्व्याक्ट ड्रेस लगाएर जुलुसमा आउनुस् ।