• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी मोर्चाद्वारा राजविराजमा तीर–धनष जुलुश प्रदर्शन

मधेशी मोर्चाद्वारा राजविराजमा तीर–धनष जुलुश प्रदर्शन

राजविराज, १८ असोज ।

मधेशी मोर्चा सप्तरीले फरक शैलीको आन्दोलनलाई निरन्तरता दिँदै सोमवार राजविराजमा तीर–धनुष जुलुश प्रदर्शन गरेका छन् ।

मधेशी मोर्चा सप्तरीको आह्वानमा युवा विद्यार्थीहद्वारा राजविराजमा निकालिएको तीर–धनुष जुलुस ।
मधेशी मोर्चा सप्तरीको आह्वानमा युवा विद्यार्थीहद्वारा राजविराजमा निकालिएको तीर–धनुष जुलुस ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुश नगरको विभिन्न भाग परिक्रमा पश्चात सहीद  दशन चौकमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्दै युवा नेताहरुले मधेशमा जारी आन्दोलनले ५२ औं दिन पूरा गरिसक्दा पनि राज्य पक्ष गम्भीर नभएकोले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

मोर्चाका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित उक्त सभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’, नेकपा माओवादीका दिपेन्द्र माझी, फोरम लोकतान्त्रिकका उमेश कुमार साह, भगवति यादव, सुरेन्द्र यादव, पूनम यादव, रमिला साह, सुनिता साहलगायतका वक्ताले मधेश आन्दोलनलाई सशक्त बनाउन घरघरबाट निस्किन आह्वान गरे ।