Top_Header_Right_Add

राजविराजमा निशेधाज्ञाको ठाडो उलंघन गर्दै हटिया खुल्यो

जिल्ला प्रशासन कार्यालय भन्छः संकटको वेला पनि प्रहरी लगाएर मान्छे खेद्नु दुःखद अवस्था हो
राजविराजमा निशेधाज्ञाको ठाडो उलंघन गर्दै हटिया खुल्यो

राजविराज, १७ साउन। भारतवाट फर्किएका एक जना ब्यापारीको मृत्यु र उनको सम्पर्कमा पुगेकाहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले गत साउन ८ गतेदेखि राजविराज नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेका छ ।

तर, निशेधाज्ञाको ठाडो उलंघन हुँदा समेत निर्णय कार्यान्वयन गर्ने निकाय मौन छ। जिल्ला सुरक्षा समितिको साउन ७ गते वसेको वैठकको निर्णय अनुसार औषधी पसल, खाद्यान्नलगायतका अत्यावस्यक सामग्री वाहेकका सम्पुर्ण सेवा/स्थलहरु वन्द गरिएको छ । तोकेरै संचालनमा आएका सेवा/स्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वय गुर्न पर्ने निशेधाज्ञामा उल्लेख छ ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही गर्ने जनाईए पनि निर्णय अनुसारको काम भने हुन सकेको छैन । निशेधाज्ञाको उलंघन गर्दै राजविराज हटियामा चुरा, पोते, किराना लगायतका पसल खुलिरहेका छन् । कुनै समस्या नै नभए झै मानिसको चहल पहल वढिरहेको छ । तर, प्रहरी/प्रशासनले हस्तक्षेप गर्न सकेको छैन ।

हटियामा वढेको चहल पहलले स्थानीय वासिन्दा भने त्रसित भएका छन् । एक ब्यक्तिवाट सुरु भएको संक्रमण परिवार र सम्पर्कमा पुगेका ब्यक्ति हुँदै २९ जनामा फैलिएको र थपिनै क्रम जारी नै रहेका वेला विना रोकटोक हटिया संचालन हुन थालेपछि जोखिम पनि वढिरहेको उनीहरुको भनाई छ ।

जोखिम कम भएका अन्य स्थानीय तहले सार्वजनिक सेवासहित वजार/पसल धमाधम वन्द गरिरहेका हाल सवैभन्दा वढि जोखिम भएको स्थानीय तहका वजार पसल खुल्ला राख्नु र भिडभाड वढाउनु दुर्भाग्यपुर्ण भएको उनीहरुले गुनासो गरे ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले भने संक्रमणको उच्च जोखिम वढेपछि नागरिकको इच्छा अनुसार नै निशेधाज्ञा जारि गरिएकाले त्यसको कार्यान्वयका लागि पनि नागरिक नै सचेत हुनु पर्ने वताए । हालको संकटपुर्ण अवस्थालाई मुल्यांकन गरी आफु, परिवार र समाजलाई वचाउने पहिलो दायित्व नागरिककै हुने वताएका उनले सवै कुरा वुझेका नागरिकलाई सधैभरी लाठि लिएर खेद्नु अनर्थ हुने वताए ।

‘पहिलो कुरा त हामीसँग जनशक्तिको अभाव छ। त्यसमाथि नागरिकले नै वुझनु पर्ने र उनीहरुको माग अनुसार नै जारी गरिएका सर्त तथा मापदण्ड पालना गर्न नागरिक नै सचेत हुनु पर्छ’ उनले थपे–‘यस्तो अवस्थामा पनि लाठि लिएर मान्छेको पछि प्रहरी कुद्नु पर्यो भने यो भन्दा दुःखद अवस्था के हुन्छ ?’

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer