Top_Header_Right_Add

ब्रहम्पुरमा माछा विवादमा एक महिलाको मृत्यु, पाँच जना पक्राउ

ब्रहम्पुरमा माछा विवादमा एक महिलाको मृत्यु, पाँच जना पक्राउ

राजविराज, २७ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ ब्रहमपुर स्थितको पोखरीमा माछा मारेको विषयलाई लिएर शनिवार एक–आपसमा विवाद भई कुटपीट हुँदा एक महिलाको मृत्यु भएको छ ।
बाँसको लट्ठीको चोट लागेर मनेजर मण्डलको ५५ वर्षिया पत्नी मानशेर देवी मण्डलको घटना स्थलमै मृत्यु भएको हो । कुटपीटका क्रममा ३५ वर्षिया सिता देवी मण्डलको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । कुटपीटबाट घाइते मण्डलको स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।
ईलाका प्रहरी कार्यालय पातोबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा र प्रहरी चौकी प्रवाहाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कुटपीटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ का ३५ वर्षिय कारी साह, १५ वर्षिय सुनिल कुमार साह, २२ वर्षिय धनबिर साह, ३६ वर्षिय विरेन्द्र साह, ५५ वर्षिय राम प्रसाद साह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer