Top_Header_Right_Add

जनमत पार्टीद्वारा राजविराजमा विरोध प्रदर्शनसहित पुतला दहन

जनमत पार्टीद्वारा राजविराजमा विरोध प्रदर्शनसहित पुतला दहन

कमल कुमार मण्डल
राजविराज, १९ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सप्तरीद्वारा शुक्रवार राजविराजमा विरोध प्रदर्शनसहित पुतला दहन गरिएको छ ।
स्थानीय हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चाच शहिद दशन चौकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारीज गर, अधिकार खोस्न पाईदैन, मधेशी एकता जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाईदैन, मधेशी सहिद जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।
विरोधसभा अघि जनमत पार्टीका नेता तथा समर्थकहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । प्रहरीले पुतला दहन गर्ने क्रममा सामान्य अवरोध पुर्याएका थिए । पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको आरोप लगाएका छन् । विदेशी महिलासँग नेपालीले विहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने गरी ल्याएको विधेयक विभेदकारी रहेको उनले बताए ।
कोरोना भाइरसको समयमा मधेशी जनतालाई सडकमा उत्रिन सरकारले बाध्य पारेको जनमत पार्टी सप्तरीका इन्चार्ज तथा वरिष्ठ नेतृत्व मण्डलका सुचना प्रमुख सुर्यदेव यादवले बताए । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष र गैर आवासिय मधेशी संघ कतारको प्रतिनिधि सुरेन्द्र नारायण यादवले नागरिकता विधेयक विभेदकारी रहेको भन्दै यसलाई सच्याउन माग गरे ।
जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा अयोजित विरोध सभामा अनिस अन्सारी, उसमान मंसुरी, सुशीला यादव, शंकर खड्गा, मनोज यादव, आलोक यादव, जुलेखा विवि, मदनेश चौधरी, रमेश प्रसाद यादव लागायतका पार्टीका नेता तथा कार्यक्रताहरुले नगरिकता विधेयकको विरुद्धमा आ–आफनो धारणा राखेका छन् । विरोध सभाको सञ्चालन तिर्थानन्द यादव तथा स्वागत मन्तव्य नारायण यादवले गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer