• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नागरिकता विधेयक विरुद्ध जसपाको वृहत विरोध प्रदर्शन

नागरिकता विधेयक विरुद्ध जसपाको वृहत विरोध प्रदर्शन

राजविराज, १६ असार । नागरिकता विधयेक खारेजी लगायतका मागहरु राख्दै जनता समाजवादी पार्टी नेपालद्वारा सप्तरीको राजविराजमा मङ्गलवार वृहत विरोध प्रदर्शन गरिएको छ ।
विभेदकारी नागरिकता विधेयक खारेज गर, सदियौंदेखि सम्वन्ध तोड्न पाईदैन, सांस्कृतिक सम्वन्धलाई विगार्न पाईदैन, बेटीरोटीको सम्वन्ध तोड्न पाईदैन, भ्रष्टाचार अन्त्य गर लगायतका नाराहरु लगाउँदै राजविराजमा प्रदर्शन गरिएको हो । स्थानीय हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुश नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
शहिद दशन चौकमा आयोजित विरोध सभा जनता समाजवादी पार्टीका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका नेताहरुले वैवाहिक नागरिकताको विषयमा राखिएको सात वर्षे प्रावधान विभेदकारी रहेकोले अविलम्ब सच्याउन माग गरेका छन् । सरकारले आफ्नो कार्यशैलीमा सुधार नल्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।