• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा २ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि

सप्तरीमा २ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि

राजविराज, १६ असार । सप्तरीको तीन स्थानीय तहमा मङ्गलवार २२ जना कोरोना पोजेटिभ थपिएसँगै कुल संक्रमितको संख्या २ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा १०, महदेवा महदेवा गाउँपालिकामा १०, राजगढ गाउँपालिकामा १ र अग्नीसाइर गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । राजविराज नगरपालिकामा १५ जना, कञ्चनरुप नगरपालिकामा २ जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, बोदेवर्साइन नगरपालिकामा ३४ जना, खडक नगरपालिकामा २ जना, शम्भुनाथ नगरपालिकामा १ जना कोरोना संक्रमित पुगेको छ ।
राजगढ गाउँपालिकामा १९ जना, सुरुङ्गा नगरपालिकामा ३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा २ जना, छिन्नमस्ता गाउँपालिकामा २३ जना, महदेवा गाउँपालिकामा १३ जना, सप्तकोसी नगरपालिकामा २ जना, तिरहुत गाउँपालिकामा ४ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा १ जना, बलान बिहुल गाउँपालिकामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् ।