• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेवि संघद्वारा राजविराजमा शव जुलुससहित प्रदर्शन

नेवि संघद्वारा राजविराजमा शव जुलुससहित प्रदर्शन

राजविराज, १६ असार । सरकारले हालै ल्याएको नागरिकता सम्वन्धी विधेयक फिर्ता लिनुपर्ने लगायतका मागहरु राखेर नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघले मङ्गलवार प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
संघका केन्द्रिय तथा जिल्ला नेताहरुको सहभागितामा निकालिएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकात्मक शव जुलुश प्रदर्शन गरिएको हो । उक्त विरोध जुलुश राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात शहिद दशन चौकमा पुतला समेत दहन गरिएको संघका केन्द्रिय नेता ईर्साद अन्सारी दिएका छन् । संघका जिल्ला अध्यक्ष घनानन्द यादवको अध्यक्षतामा आयोजित विरोध सभामा केन्द्रिय नेताहरु अर्जुन प्रसाद साह, सब्बीर आजम, जयप्रकाश यादव लगायतले सम्वोधन गर्दै नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन् ।
नेपाल विद्यार्थी संघले सुलभ रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, बैंक ऋणको ब्याज मिनाहा हुनुपर्ने, लकडाउन अवधीभरको विद्युत तथा पानीको महशुल मिनाहा हुनपर्ने, लकडाउन अवधीको घर भाडा मिनाहा हुनुपर्ने, चीन र भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुनुपर्ने, स्कूल कलेजमा प्राविधिक प्रणालीबाट निःशुल्क अध्ययन अध्यापन सुचारु हुनुपर्ने, मजदूरहरुलाई राहत तथा रोजगारको ग्यारेन्टी, पिसिआर टेष्टको दायरा बढाउनुपर्ने तथा क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु राखेर आन्दोलनलाई निरन्तरता दिएका छन् ।
वैवाहिक अङ्गीकृत नागरिकताको प्रावधान त्रुटिपूर्ण रहेको भन्दै अविलम्ब सच्याउनुपर्नेमा उनीहरुले माग गरेका छन् । आफुहरुको मागलाई सम्वोधन नगरिए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।