Top_Header_Right_Add

ज्यान मार्ने उद्योग मुद्दामा एक जना पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा एक जना पक्राउ

राजविराज, १६ असार । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर–६ रौतहटका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँका कलश देवी यादवको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका २६ वर्षिय धिरज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग मुद्दामा गत चैत्र ५ गतेदेखि घटना पश्चात फरार रहँदैआएका थिए । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै सोमवार पक्राउ गरी प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer