• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

बोदेबर्साइन नगरपालिकामा मनाईयो धान दिवस

बोदेबर्साइन नगरपालिकामा मनाईयो धान दिवस

राजविराज, १५ असार । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्वर–५ मा १७ औं विश्व धान दिवस सोमवार मनाईएको छ ।
बोदेबर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसी, बोदेबर्साईन नगरपालिका वडा नम्वर–५ का अध्यक्ष मो मजेबुल रहमान, वडा नम्वर २ का अध्यक्ष दिगम्बर यादव, पशु शाखा र कृषि शाखा बोदे बर्साईनको कर्मचारी, बोदे बर्साईन नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, वुद्धिजीवी, किसान, युवा समेतको सहभागिता रहेको थियो । मिथिला प्याज खेती कृषक समुह बोदे बर्साईन नगरपालिका वडा नम्वर ५ को सहयोगमा तथा बोदेबर्साईन नगरपालिकाको पहलमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा स्थानीय गङ्गा प्रसाद यादव समेतको सहयोग रहेको थियो ।
नगरपालिकाका मेयर सहित जनप्रतिनीधि, राजनीतिकर्मी समेतले सामुहिक रुपमा धान रोपाई समेत गरेका छन् ।