Top_Header_Right_Add

विभिन्न नाममा अस्पतालले अनाहक रकम असुली गरेको आरोप

विभिन्न नाममा अस्पतालले अनाहक रकम असुली गरेको आरोप

विरगञ्ज, १४ असार । पर्साको बिरगञ्ज स्थित तराई अस्पतालमा भर्ना भएकी एक महिलाले आफुलाई विभिन्न बहानामा अनाहक रकम लिएको पीडित पिंकी यादवले आरोप लगाएकी छिन् ।
विरगञ्ज नारायणी यातायात नजिक रहेका तराई अस्पतालले आफ्नो सम्पूर्ण हद नाघेर विरामीहरुलाई अनाहक रुपमा शोषण गर्ने गरेको उनले आरोप लगाएकी हुन् । सुरतालमा रहेको पिडित पिंकी यादव ले आरोप लगाएकी छिन् । जेष्ठ १७ गते पेट दुखेर भर्ना भएकी यादवलाई विभिन्न ईलाज प्रक्रियाहरु मिलाएर रकम कुमल्याउने बहानामा विरामी पिंकीका अभिभावकसँग उपचार नै नगरिकन उपचारको नाममा ३० हजार रुपैयाँ ठगी गरेको उनको आरोप छ ।
तराई अस्पतालमा भर्ना भएपछि ड्युटीमा रहेका डा.रोशन कुर्मी, डा.गोरखनाथ मिश्रा र डा.अजय गुप्ताले उपचारमा संलग्न थिए । पेटको समस्या भएर उपचार गराउन गएकी पिंकीले आफुलाई अनावश्यक रुपमा विभिन्न समस्या बताई तनाव थप्ने काम गरेको उनको आरोप छ ।
जेष्ठ १७ गते भर्ना भएकी पिंकी यादवलाई अनावश्यक उपचार गर्ने क्रममा चिकित्सक गोरखनाथ मिश्रा अजय गुप्ता लगायतकाले पिंकीलाई ‘तिम्रो पित्तथैली फटिसक्यो’ जस्ता कुराहरु सुनाउने गरेको आरोप लगाईएको छ । चिकित्सकहरुले अविवाहिक पिंकीलाई बच्चादानीको समस्या पनि भएको र तिमी नबाच्ने अवस्थामा रहेको भन्दै मानसिक तनाव थपेर थप पीडा दिने काम गरेको उनको भनाई छ ।
तराई अस्पतालमा राखिएको अवस्थामा विहान सेतो खाले एउटा ट्याब्लेट दिई दिनभरि लठ्ठ पारी निन्द्रामने अवस्थामा राख्ने गरेको बताउँदै उनले भनिन् ‘बेलुकी ४–५ बजे निन्द्रा खुल्दा पुनः ट्याब्लेटहरु खुवाई लठ्ठ पार्ने गरिन्थ्यो ।’ उक्त अस्पतालमा रोगको टुङ्गो नलाग्दा रेफर गराई प्रभु अस्पताल गएको आफ्नो ईलाज प्रक्रियाहरु अगाडि बढाउँदा साधारण रोग मात्रै भएको भन्दै तीन दिनभित्रै आफु घर फर्केको उनले सञ्चारकर्मीहरु समक्ष सुनाईन् । तराई अस्पतालबाट रेफर गराउँदा करिब ३० हजार रुपैयाँ उपचारको नाममा ठगेको विरामीका अभिभावकको आरोप छ । विरामीहरुलाई विभिन्न नाममा ठगी गर्ने चिकित्सक तथा अस्पताललाई कार्वाही गर्न उनले माग गरेकी छिन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer