Top_Header_Right_Add

सप्तरीमा थप १६ जना निको भएर घर फर्किए

सप्तरीमा थप १६ जना निको भएर घर फर्किए

राजविराज, १३ असार । सप्तरी जिल्लामा कोरोना संक्रमित भई आइसोलेसनमा भर्ना भएकाहरुमध्ये शनिवार थप १६ जना निको भएर घर फर्केका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाका अनुसार निको भएकाहरुलाई शनिवार घर पठाईएको छ । उनका अनुसार घर फिर्ता हुनेहरुमा छिन्नमस्ता गाउँपालिकाका ७ जना, बोदेवर्साइन नगरपालिकाका २ जना, महदेवा गाउँपालिकाका १ र हनुमाननगर नगरपालिकाका ७ जना कोरोनालाई जितेर निको भएपछि पुष्प गुच्छासहित टिका लगाएर पठाईएको छ । उनीहरु सबैलाई राजविराज स्थित साइकृष्णा अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
हालसम्म सप्तरी जिल्लामा कोरोना संक्रमित भएका १ सय ७ जना निको भएर घर फर्केका छन् । आइसोलेसनमा हाल आइसोलेसनमा रहेका १ सय १ जनालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भईरहेको डा. झाले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer