• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेवि संघद्वारा आन्दोलनको निरन्तरता, राजविराजमा पुतला दहन

नेवि संघद्वारा आन्दोलनको निरन्तरता, राजविराजमा पुतला दहन

राजविराज, १३ असार । नागरिकता विधेयकको खारेज, भ्रष्टाचारीलाई कार्वाही लगायतका मागहरु राख्दै नेपाल विद्यार्थी संघ सप्तरीले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
संघको आह्वानमा निकालिएको विरोध र्याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात शहीद दशन चौकमा पुगी प्रधानमन्त्रीको पुतला समेत दहन गरिएको छ । पुतला दहनका क्रममा प्रहरी र प्रदर्शनकारीहरु बिच केहीबेर घम्साघम्सी समेत भएको थियो ।
विद्यार्थी संघले सुलभ रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, बैंक ऋणको ब्याज मिनाहा, लकडाउन अवधीभरको विद्युत तथा पानीको महशुल मिनाहा, लकडाउन अवधीको घर भाडा मिनाहा, चीन र भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुनुपर्ने, स्कूल कलेजमा प्राविधिक प्रणालीबाट निःशुल्क अध्ययन अध्यापन सुचारु हुनुपर्ने, मजदूरहरुलाई राहत तथा रोजगारको ग्यारेन्टी, पिसिआर टेष्टको दायरा बढाउनुपर्ने तथा क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु राखेर आन्दोलनलाई निरन्तरता दिँदैआएका छन् ।
युवा विद्यार्थीहरुले वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै उक्त निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । मधेशी जनताको भावनालाई बुझेर नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिन उनीहरुले आग्रह गरेका छन् ।