• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सशस्त्र प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

सशस्त्र प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

बिरेन्द्र बजार, १३ असार । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सितापुरले बरामद गरेको अवैध घरेलु मदिरा शनिवार नष्ट गरेको छ ।
पुर्व–पश्चिम राजमार्गको उत्तरबाट दक्षिणतर्फ लैजाने क्रममा नियन्त्रण लिएको अवैध घरेलुु मदिरा प्रहरीले नष्ट गरेको हो । बिहान ६ बजे नियन्त्रणमा लिएको मदिरा तत्कालै स्थानीयवासी र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।
विहान गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेर तस्कर भने बोरामा रहेको पोका छोडेर फरार भएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प सितापुरले जनाएको छ । शंकास्पद पोका खोलेर हेर्दा घरेलु मदिरा रहेको पाईएकोले तत्कालै नष्ट गरिएको बेसक्याम्प सितापुरका ईन्चार्ज सशस्त्र प्रहरी नायव निरीक्षक गणेश खत्रीले बताए । घरेलु मदिराको ब्यापार र ओसारपसार हुने गरेको सूचनाको आधारमा निगारानी बढाउँदा उक्त मदिरा फेला परेको सशस्त्र प्रहरी नायव निरीक्षक खत्रीले जानकारी दिएका छन् ।