• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नागरिकता सम्वन्धी निर्णयको विरोधमा प्रदर्शन

नागरिकता सम्वन्धी निर्णयको विरोधमा प्रदर्शन

राजविराज, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको अंगिकृत नागरिकता सम्वन्धी निर्णयको विरोधमा आइतवार बिरगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।
भारतबाट बिहे गरेर आएकी महिलालाई ७ वर्ष पश्चात नागरिक्ता दिने निर्णयप्रति जनता समाजवादि पार्टी नेपालद्वारा विरोध प्रदर्शन गरिएको हो । विरगञ्जको घण्टाघरमा बिहानैदेखि जनता समाजवादि पार्टी नगर कार्य समितिले विरोध प्रदर्शन गर्नुको साथै घण्टौसम्म यातायात अवरोध गरिएको हो ।
विरोध गर्दै सांकेतिक सन्देशको रुपमा नेपाल सरकारलाई नागरिकता पारित भएको विधेयक संशोधन गरी संविधानमा राख्नुपर्ने विरोधकर्ताहरुको माग रहेको छ । नगर कार्य समितिका अध्यक्ष ईश्वर यादव उपाध्यक्ष शेख रुस्तम र पार्टीका नेता मनमोहन पाण्डेको संयुक्त नेतृत्वमा विरोध कार्यक्रम गरिएको थियो । शान्तिपूर्वक विरोध कार्यक्रमलाई सुरक्षा निकायहरुले विरोधको क्रममा घेराबन्दी गरेका थिए ।