• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना योद्धाको रुपमा पार्थो सम्मानित

नेशनल एण्टी क्राइम एण्ड हुमन राइट्स काउण्सिल अफ इण्डियाद्वारा सम्मान पत्र प्रदान
कोरोना योद्धाको रुपमा पार्थो सम्मानित

राजविराज, २४ जेष्ठ । सामाजिक अभियानता एवं मानवअधिकारकर्मी पार्थो सरकारलाई कोरोना वारियर (कोरोना योद्ध)को रुपमा कार्य गरेको भन्दै प्रसन्सा पत्रसहित सम्मान गरिएको छ ।
भारतस्थित ‘नेशनल एण्टी क्राइम एण्ड हुमन राइट्स काउण्सिल अफ इण्डिया’ले वाइरस नियन्त्रण तथा रोकथामका निम्ति उनले गरेको कार्यको प्रसन्सासहित सम्मान गरेको हो । मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपाल सप्तरीका अध्यक्ष समेत रहेका सरकारलाई काउण्सिलका अध्यक्ष डा.दिवाश लामा, उपाध्य  क्ष सौकत हुसेन मिर्जा र मुख्य संयोजक डा.साभदद्वारा हस्ताक्षरित सम्मान पत्र प्रदान गरिएको छ ।
सप्तरीको राजविराज नगरपालिका–५ निवासी सरकारले कोभिड–१९ विरुद्ध कार्य गर्दै आएका छन् भने भाइरस नियन्त्रण गर्न आह्वान गरिएको वन्दाबन्दीका कारण कष्ठकर बन्न पुगेको विपन्न तथा श्रमिक परिवारको दैनिकी सहज पार्न खाद्यान्न समाग्री समेत वितरण गर्दै आएका छन । राजविराज नगरपालिका–५ का वडा सदस्य समेत रहेका सरकारलाई यसअघि पनि ‘पब्लिसिटी एडभरटिसमेन्ट अल ओभर इण्डिया’ले कोरोना वारियरको रुपमा सम्मान पत्र प्रदान गरेको थियो ।