• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कटैयामा आगलागी करिब साढे दुई लाख रुपैयाँको क्षति

कटैयामा आगलागी करिब साढे दुई लाख रुपैयाँको क्षति

राजविराज, २४ जेठ । सप्तरीको रूपनी गाउँपालिका वडा नम्बर–३ कटैयामा शुक्रवार राती आगलागी हुँदा करिब दुई लाख पचास हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
स्थानीय सूर्यनारायण मण्डलको गोठमा बालिएको घुरबाट आगलागी हुँदा परालले छाएको फुसको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । गोठभित्र रहेको काठ, खाना पकाउन राखेको दाउरा, भुस, जूटकासाथै भैंसी समेत जलेको स्थानीय युवा जागेश्वर प्रमाणीले जानकारी दिएका छन् । आगलागीमा भएको क्षतिको पूर्ण विवरण नआए पनि करिब २ लाख ५० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो ।