• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फेला पर्यो वेपत्ता बालकको शव

बृजमान तामाङ
बिरेन्द्र बजार, २३ जेठ । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–२ मा विहीवार दुई दिनदेखि बेपत्ता भएका एक बालक शव पोखरीमा डुबेको अवस्था फेला परेको छ ।
स्थानीय सुर्यनारायण यादवका ४ वर्षिय सुधीर यादवको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको हो । बुधबार आफन्तको घरमा टिभी हेर्न गएका बालक बेपत्ता भएका थिए । टिभी हेर्न गएको बालक विद्युत कटेपछि घरतिर लागेका थिए । अबेरसम्म घर नआएपछि रातभर खोजतलास गर्दा नभेटिएको छोरा विहिवार दिउँसो १ बजे पोखरीमा डुबेको अबस्थामा भेटिएको मृतक बालकका बुवा देवनाथ यादवले बताए ।
प्रहरी सहितको टोलीले पोखरी लगायतका वरिपरि खोजी गर्दा फेला नपरेको बालक घरदेखि २ सय मिटर दुरीको पोखरीमा शंकास्पद अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् । बालकको शव गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमामा रहेको तथा परीक्षणकालागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भईरहेको प्रहरीले जनाएका छन् ।
यसैगरी सिरहाको धनगढी नगरपालिका १० का एक ७४ बर्षिय वृद्धाको चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार बिहान हावाहुरी, पानीसँगै आएको चट्याङ लागेर स्थानिय नरबहादुर राईको मृत्यु भएको हो । राईको शव परीक्षणकालागि लाहान अस्पताल लगिएको स्थानीय डेनोक मोक्तानले जानकारी दिएका छन् ।