Top_Header_Right_Add

जाँजरमा महिलाको रहस्यमय मृत्यु

जाँजरमा महिलाको रहस्यमय मृत्यु

राजविराज, २१ जेठ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर–५ जाँजरकी ४० वर्षिय पिंकी देवी यादवको मङ्गलवार राती जलेर मृत्यु भएको छ ।
रमेश यादवका ४० वर्षिय पिंकीले आफ्नै कोठामा मट्टितेल छर्केर आगोले जलेर घाइते भएकी थिईन् । घाईते भए पश्चात उपचारकोलागि धरानको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ती महिलाको मृत्यु के कति कारणले भएको हो ?, आफै आफ्नो शरिरमा मट्टितेल छर्केर आगो लगाएको हो वा लगाईएको हो यसबार थप कुरा खुल्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले सोबारे अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer