• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युनिसेफद्वारा राजविराजको गजेन्द्रनारायण सिंह र भारदह अस्पताललाई सहयोग

युनिसेफद्वारा राजविराजको गजेन्द्रनारायण सिंह र भारदह अस्पताललाई सहयोग

राजविराज, २० जेठ । युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग एवम् सप्तरी सामुदायिक विकास केन्द्रको समन्वयमा खानेपानी, सरसफाई तथा स्वास्थ्य सुरक्षा सम्वन्धी विभिन्न सामग्रीहरु सहयोग गरिएको छ ।
कोभिड–१९ इमरजेन्सी रेस्पन्स एण्ड प्लान कार्यक्रम अन्तर्गत विभिन्न सामग्री सहयोग तथा व्यवस्थापनमा सघाईएको हो । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताललाई सर्जिकल मास्क २ हजार थान, डिस्पोजेबल ग्लोभ्स २ हजार, सेनिटाइजर एक सय बोतल, साबुन एक हजार पिस, हात धुने लिक्विड साबुन एक सय, ब्लिचिङ्ग पाउडर ३ बोरा, हात धुने स्टेशन ट्यांकीसहित २ सेट उपलब्ध गराईएको छ । हात धुने स्टेशन ट्यांकी दुई धारावाला ४ सेट, हात धुने स्टेशन ट्यांकी ४ धारावाला २ सेट, बाल्टीन धारा सेट ५ थान, डस्टविन पाइडल एक सय पचास थान, ईलेक्ट्रिक मोटर एक थान उपलब्ध गराएको सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
अस्पताललाई उपलब्ध उक्त सामग्रीहरु गजेन्द्रनारायण सिंह अस्पताल र साईकृष्णा हस्पिटलको आइसोलेसन परिसरमा जडान तथा व्यवस्थापन गरिएको जनाईएको छ । उनका अनुसार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी कक्ष अगाडिको शौचालय सञ्चालन गर्न धारा, पानी सहित टायल्स लगाईएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदह अस्पताललाई सर्जिकल मास्क ९ सय थान, डिस्पोजेबल ग्लोभ्स ८ सय, सेनिटाइजर ८० बोतल, साबुन पाँच सय पिस, हात धुने लिक्विड साबुन ३० पीस, ब्लिचिङ्ग पाउडर २ बोरा, हात धुने स्टेशन ट्यांकीसहित १ सेट, हात धुने स्टेशन ट्यांकी दुई धारावाला २ सेट, हात धुने स्टेशन ट्यांकी १ धारावाला २ सेट उपलब्ध गराईएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल, साईकृष्णा अस्पताल र भारदह अस्पतालमा खानेपानी, सरसफाई लगायतका समस्याहरु समाधान मद्दत मिलेको छ ।