Top_Header_Right_Add

धाकधम्की विरुद्ध चाँदनी चौकका ब्यापारीहरु गोलवद्ध

धाकधम्की विरुद्ध चाँदनी चौकका ब्यापारीहरु गोलवद्ध

बृजमान तामाङ
बिरेन्द्र बजार, २० जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ चाँदनी चौकका व्यापारी–व्यवसायीहरु एकतावद्ध भएका छन् ।
बन्दाबन्दीको समयमा गुण्डागर्दी बढ्नथालेपछि ब्यापारी–ब्यबसायीहरु एकजुट भएका हुन् । जोखिम र चुनौतीका बिच दैनिक उपभोग्य बस्तु बेचबिखन गर्दा समेत धाकधम्की सहनु परेकोले सामनाकालागि एकजुट भएको उनीहरुले बताए ।
सामान लिने र पैसा माग्दा तोडफोडमा उत्रिने केही खराब प्रवृत्ति दिनानुदिन बढेकाले व्यापार–व्यवसायको सुरक्षाकालागि हामी एक जुट भएको एक ब्यापारीले जानकारी दिए । बन्दाबन्दीमा भौतिक आक्रमण जस्ता क्रियाकलापमा वृद्धि हुदा सरोकारवालाले चासो नदिएको उनीहरुको गुनासो छ । दुई दिन अघि मात्र एक ब्यापारीको पसलमा तोडफोड हँुदा जनप्रतिनिधिसहित स्थानीय प्रशासनलाई खबर गर्दा बेवास्ता गरेको ब्यापारी ब्याबसायीहरुको गुनासो छ ।
लकडाउनमा गुडागर्दी बढेसँगै चाँदनी चौकका ब्यापारीहरु त्रसित भएका छन् । सम्बन्धित निकाय भने बेखर देखिएपछि बाध्य भएर आफुहरुको सुरक्षाकालागि आफै सङ्गठित भएको जनाईएको छ । स्थानीय ब्यापारी मानन चौधरीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले ब्यापारीहरुमाथि भएको ज्यादती विरुद्ध एकजुट हुने लगायतका विभिन्न महत्वपूर्ण निर्णय निर्णय गरेको ब्यापारी महादेव माझीले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer