• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिरहुत गापामा एक कोरोना पोजेटिभः सप्तरीमा ५६ पुग्यो कोरोना संक्रमित

तिरहुत गापामा एक कोरोना पोजेटिभः सप्तरीमा ५६ पुग्यो कोरोना संक्रमित

राजविराज, २० जेठ । सप्तरीको तिरहुत गाउँपालिकामा समेत एक जनामा कोरोना संक्रमणको मङ्गलवार पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
तिरहुत गाउँपालिकाको लोहजारा स्थित क्वारेन्टाइनमा रहेका एक ४० वर्षिय पुरुषको स्वाब परीक्षण रिपोर्टमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । उनलाई तत्कालै राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड–१९ कोरोना व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
यसैगरी मङ्गलवारै राजगढ गाउँपालिका स्थित माध्यमिक विद्यालयमा रहेका वडा नम्वर २ का एक २० वर्षिय युवामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । भारतको मुम्बईबाट आएका ती युवकमा संक्रमणको पुष्टि भएपछि राजविराज स्थित साइकृष्णा हस्पिटलमा रहेको आइसोलेसनमा भर्ना गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल पुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
वर्साइन नगरपालिकामा २०, डाक्नेश्वरी नगरपालिकामा १२, राजविराज नगरपालिकामा ४, बलान विहुल गाउँपालिकामा ३, विष्णुपुर गाउँपालिका १, खडक १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।