• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो

सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो

राजविराज, २० जेठ । सप्तरीको राजगढ गाउँपालिकामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५५ पुगेको हो ।
राजगढ गाउँपालिका स्थित माध्यमिक विद्यालयमा रहेका वडा नम्वर २ का एक २० वर्षिय युवामा मङ्गलवार कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । भारतको मुम्बईबाट आएका ती युवकमा संक्रमणको पुष्टि भएपछि राजविराज स्थित साइकृष्णा हस्पिटलमा रहेको आइसोलेसनमा भर्ना गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल पुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
वर्साइन नगरपालिकामा २०, डाक्नेश्वरी नगरपालिकामा १२, राजविराज नगरपालिकामा ४, बलान विहुल गाउँपालिकामा ३, विष्णुपुर गाउँपालिका १, खडक १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।