• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सामान्य वर्षामै वडा नम्वर–५ को सडक जलमग्न

राजविराज, १९ जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–५ स्थित शिक्षा समन्वय ईकाई कार्यालय भएर जाने बाटो निर्माण कम्पनीको बदमासीका कारण जलमग्न भएको भन्दै स्थानीयवासिन्दा बाटो नै अवरुद्ध गरेका छन् ।
सोमवारको सामान्य वर्षामै बाटोमा पानी जमेर हिलाम्मय भएपछि आक्रोशित स्थानीयवासिन्दाले बाटोमा रुखको मुढा तेस्र्याएर अवरोध पुर्र्याएका हुन् । दैनिक हज्जारौं व्यक्तिको आवत–जावत हुने उक्त बाटोमा निर्माण कम्पनीले करिब १० महिनादेखि बाटोको माटो खनेर त्यसै खाल्टो बनाएर अलपत्र छाडिदिएको उनीहरुको आरोप छ ।
निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दा पनि आलटाल गर्दैआएकोले सामान्य वर्षामै सडकमा पानी जम्नु्का साथै हिलाम्मय भएकोले वर्षायाममा कसरी आवत–जावत गर्ने भन्दै स्थानीयवासिन्दाहरुले आक्रोश व्यक्त गरेका छन् । सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै सडक निर्माण कार्य सम्पन्न गर्न गराउनकालागि टोलवासीहरुले सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन् ।