• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा आइसोलेसन अभाव, केही संक्रमित अझैं क्वारेन्टाइनमै

सप्तरीमा आइसोलेसन अभाव, केही संक्रमित अझैं क्वारेन्टाइनमै

राजविराज, १५ जेठ । सप्तरीमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भएसँगै आइसोलेसनको अभाव भएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको २६ ओटै आइसोलेसन बेड भरिएपछि अन्य संक्रमितलाई हाल सम्वन्धित क्वारेन्टाइनमै राखिएको हो । भारतबाट लुकीछिपी स्वदेश फर्किने क्रम बढेसँगै जिल्लामा संक्रमितहरुको संख्या बढेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अस्पताल बाहेक अन्य विकल्पको रुपमा राजविराज स्थित साईकृष्णा हस्पिटलमा आइसोलेसन निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाईएको छ ।
शरुवातमा ६ बेडको आइसोलेशन कक्ष मात्र रहेकोले हाल विस्तार गरी १८ ओटा बेड, त्यसपछि ६ ओटा गरी २४ ओटा बेड पुर्याईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा भौतिक पूर्वाधारको अभाव रहे पनि जेनतेन विहीबारै व्यवस्थापन गरी बेड संख्या २६ पुर्याईएको छ ।
हाल आइसोलेसन बेड संख्या २६ र संक्रमित संख्या ३३ पुगेकोले तत्कालकालागि केही संक्रमितलाई सम्वन्धित क्वारेन्टाइनमै होल्डमा राख्नुपरेको उनले बताए । स्वास्थ्य कार्यालय र अस्पतालबाट पठाईएको स्वाब रिपोर्ट आउने क्रममै रहेको अझैं बढ्नसक्ने सम्भावना रहेकोले आफुहरु गम्भीर रहेको मे.सु. दासले जानकारी दिए ।
यता जिल्लामा आइसोलेसन बेडको अभाव भएपछि स्थानीय साईकृष्णा हस्पिटलमा व्यवस्थापन गर्नकालागि द्रुत गतिमा काम भईरहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । उनका अनुसार दुई–तीन दिनभित्र त्यहाँ आइसोलेसन कक्ष तयार हुनेछन् ।