खाल्डोमा राजविराज, १५ जेठ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–२ पौवाँका सियाराम मण्डलको १६ महिने छोरा आयुष मण्डलको विहीबार मृत्यु भएको छ ।
घर नजिकै खेलिरहेको अवस्थामा पानी जमेको खाल्डोमा लडेर अचेत भएको अवस्थामा उपचारकालागि युनिक अस्पताल रुपनी लगिएकोमा बालकको उपचारको क्रममा मृत्यु भएको हो । बालकको मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको टोलीद्वारा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।