• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लकडाउन उल्लंघन गर्ने चार जना व्यवसायी कार्वाहीमा

लकडाउन उल्लंघन गर्ने चार जना व्यवसायी कार्वाहीमा

राजविराज, १४ जेठ । लकडाउनको अवज्ञा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले चार जनालाई पक्राउ गरी कार्वाही अगाडि बढाएको छ ।
सर्वसाधारणलाई हिडडुल गर्न र व्यवसायीहरुलाई पसल बन्द गराउँदै जाने क्रममा राजविराज नगरपालिका वडा नम्वर–६ का १९ वर्षिय अमित कुमार चौधरीले चाउमिन पसल सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीद्वारा पटक–पटक पसल बन्द गर्न आग्रह गर्दा समेत नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको आदेशलाई अवज्ञा गर्दै अटेर गरेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाईएको छ ।
यसैगरी प्रहरीका अनुसार राजबिराज नगरपालिका वडा नम्वर ७ का सुन पसल सञ्चालन गर्ने मागीलाल सोनारको ५८ वर्षिय राजेन्द्र कुमार सोनार, राजगढ गाउँपालिका वडा नम्वर ४ घर भई राजविराज ७ मा पसल गर्दैआएका ३० वर्षिय ईन्द्रदेव यादव, राजविराज नगरपालिका ४ कि कपडा पसले २९ वर्षिय ज्योती देवीलाई पक्राउ गरिएको छ । उनीहरुलाई लकडाउन उल्लंघन अनुसार कार्वाही गरी तारेखमा रिहा गरिएको छ ।