• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमै सञ्चालनमा आउने भो कोरोना परीक्षण प्रयोगशाला

सप्तरीमै सञ्चालनमा आउने भो कोरोना परीक्षण प्रयोगशाला

राजविराज, १० जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आउने भएको छ ।
प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले राजविराजकालागि मेसिन पठाएपछि कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने निश्चित भएको हो । प्रदेश सरकारले जनकपुर अस्पताल र राजविराजकालागि पिसिआर मेसिन खरिद गरी सञ्चालनकालागि पठाईएको छ । उक्त मेसिन शुक्रवार साँझ राजविराज स्थित गजेन्द्रनारायण अस्पताल आईपुगेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार पिसिआर मेसिन हाललाई सुरक्षित साथ राखिएको तथा आइतबार ईन्जिनियरसहितको टोलीले प्रयोगशालामा जडान गर्ने कार्यलाई अगाडि बढाउनेछन् । प्राविधिक रुपमा सेटिङ्ग गरिसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागको टोलीबाट अनुगमन भएपछि मात्र प्रयोगशाला सञ्चालनमा आउने आउनेछन् । आवश्यक व्यवस्थापनमा आफु जुटिसकेको जानकारी दिँदै उनले भने ‘अबकोे पाँच–छ दिनभित्रै कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउनेछन् ।’
हाल अस्पतालमा पठाईएको मेसिनमा एकै पटकमा ९६ ओटा क्यासेटमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिनेछन् । अस्पतालमा प्रयोगशालाकालागि आवश्यक तयारीहरु भईसक्दा पनि मेसिन नै नआएका कारण सञ्चालन हुन सकेको थिएन । राजविराजमा प्रयोगशाला नहुँदा स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईदैआएको छ । त्यहाँबाट स्वाब रिपोर्ट आउन तीन दिनसम्म लाग्ने गरेको छ ।