• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन

गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन

राजविराज, १० जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन ल्याईएको छ ।
फिलिप्स कम्पनीको सिटी स्क्यान १२८ कार्डियाक प्याकेजसहितको मेसिन शनिवार अस्पताललाई प्राप्त भएको हो । नेदरल्याण्डमा बनेको उक्त मेसिन काठमाण्डौको हस्पिटिक ईन्टरप्राइजेजले आपुर्ति गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त मेसिन आकस्मिक कक्षको छेउमा रहेको भवनमा राखेर इन्स्टल गरी सञ्चालन गरिनेछ । हाल अस्पतालमा जनशक्ति अभाव रहे पनि त्यसको व्यवस्थापन गरी सर्वसाधारणलाई सुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ आफु अगाडि बढेको उनले बताए ।
राजविराजमा सिटी स्क्यान सेवा सञ्चालन गर्ने उद्देश्यका साथ मेसु डा. दासको आग्रहमा तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यकालमा मेसिन खरिद गर्नकालागि टेन्डर भई नेदरल्याण्डबाट मगाईएको हो । हाल राजविराजमा सिटी स्क्यान मेसिन नहुँदा सप्तरीबासीलाई धरान, बिराटनगर लगायतका स्थानहरु धाउनुपर्ने अवस्था रहेको थियो । सरकारी अस्पतालमै सिटी स्क्यान सेवा सुचारु भएपछि निजी सेवा प्रदायक भन्दा निक्कै सस्तो हुने उनको भनाइ छ । जिल्लामा तीन महिनादेखि राजविराजको छिन्नमस्ता अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन हुदैआएको छ ।