• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा थप एक युवामा कोरोना संक्रमण, संक्रमित संख्या २ पुग्यो

सप्तरीमा थप एक युवामा कोरोना संक्रमण, संक्रमित संख्या २ पुग्यो

राजविराज, ९ जेठ । सप्तरीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या दुई पुगेको छ ।
बलान बिहुल गाउँपालिकाको वडा नम्वर–४ का एक ३५ वर्षिय युवकमा शुक्रवार राती कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारीका दिएका छन् । भारतको हरियाणाबाट आएका ती युवकलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य कार्यालयको टोलीले चार दिन अघि उनको स्वाब संकलन गरी परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।
बलान बिहुलको क्वारेन्टाइनमा रहेका संक्रमित युवकलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
यसअघि गत वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका नम्वर–३ का एक १८ वर्षिय युवकमा कोरोना पोजेटिभ पाईएको थियो । उनलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।