• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फोहोर प्रशोधन केन्द्र निर्माण कार्यको शिलान्यास

फोहोर प्रशोधन केन्द्र निर्माण कार्यको शिलान्यास

राजविराज, ८ जेठ । प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य मनिष कुमार सुमनको संसदीय विकास कोषबाट राजविराज नगरपालिकाकालागि फोहोर प्रशोधन केन्द्र निर्माण कार्यको शिलान्यास विहीबार गरिएको छ ।
फोहोर प्रशोधन केन्द्र उपभोक्ता समिति का अध्यक्ष ईन्जिनियर रामजी यादवको अध्यक्षता तथा राजविराज नगरपालिका वडा नम्वर–९ का वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली) को प्रमुख आतिथ्यमा फोहोर प्रशोधन केन्द्रको शिलान्यास गरिएको हो । उक्त अवसरमा ग्रीन नेपाल राजविराजका अध्यक्ष खेलानन्द कुमार दास, सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादब, कोषाध्यक्ष बिष्णु यादवलगायतले सकारात्मक कार्यको शुरुवात भएको भन्दै प्रशंसा गरे ।