राजविराज, २७ वैशाख । कोरोना परिक्षण गराउन सप्तरीमा ४ सय ३८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
थ्रोट स्वाब संकलन गरिएकामध्ये शनिवारसम्म ४० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४ सय ३८ जनाको स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षणकालागि पठाइएकोमा हालसम्म ३ सय ९८ जनाको रिपोर्ट आएको छ ।
३ सय ९८ जनाकै पिसीआर रिपोर्ट नेगेटिभ आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी जिल्लामा सुरुदेखि शनिवार १ हजार ६७ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमा १ हजार ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
अन्य ४ जनाको आरडिटी पोजेटिभ देखिएपनि पिसीआर परिक्षणमा उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको कार्यालयले जनाएको छ । यसैगरी २ जना राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालस्थित आइसोलेसनमा रहेको छ भने ४ सय ६३ जना क्वारेन्टाइनमा छन ।