Top_Header_Right_Add

सप्तरीमा ३ सय ९७ जनाको नमूना संकलन

सप्तरीमा ३ सय ९७ जनाको नमूना संकलन

राजविराज, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरी सप्तरीमा हालसम्म ३ सय ९७ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत चैत्र २० गतेदेखि विहिवारसम्म ३ सय ९७ जनाको थ्रोट स्वाब संकलन गरि पिसीआर विधिबाट कोरोना परीक्षणकालागि पठाइएको थियो । जसमा ३ सय ७९ जनाको रिपोर्ट आइसकेको छ भने ती सवैको रिपोर्ट नेगेटिभ रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिएका छन ।
यसैगरी थ्रोट स्वाब संकलन गरि कोरोना परीक्षणकालागि पठाइएका १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

About The Author

News Portal Web design in Saptari Offer