राजविराज, २२ वैशाख । विश्वभरी कोरोना भाइरस महामारीको अवस्थामा सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई सप्तरीका प्रदेश सांसद अभिशेक यादवले खानेपानीको व्यवस्था गरेका छन् ।
सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई खानेपानीको समस्या भएपछि सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर–९ देउरी स्थित सोभरनपट्टी बोर्डरमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टमा उनले खानेपानीकालागि टयुवेलको व्यवस्था गरेका हुन् । राष्ट्रिय सुरक्षामा बोर्डरमा दिनरात खटिने सुरक्षाकर्मीहरुको सहजताकालागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको प्रदेश सभा सदस्य यादवले जानकारी दिएका छन् ।