• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अलविदा ऋषि कपुर!

राजविराज। बलिउडका चर्चित अभिनेता ऋषि कपुरको विहिवार निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ रणधीर कपूरले बीबीसीसँग मृत्युको पुष्टि गरेका छन् ।

उनी क्यान्सरका बिरामी थिए । उनलाई पछिल्लो समयमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन् । ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘‘बाँबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए ।

उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड जितेको थियो । यसमा उनी बाल कलाकारका रुपमा थिए भने उनका बुवा राज कपुर मुख्य भूमिकामा थिए । सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बउलउड बक्स अफिसमा हिट भएका थिए । चलचित्र करिअरमा उनले ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।

‘दुई दुनी चार’ बाट उनले ‘फल्म फेयर क्रिटिक्स फर बेस्ट एक्टर’ अवार्ड हात पारेका थिए । बुधबार अभिनेता इरफान खानको निधन भएको थियो ।