• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

साफी परिवारद्वारा विपन्न परिवारकालागि दैनिक निःशुल्क खाना खुवाईदै

डाक्टर र सव इन्जिनियर भान्से!
साफी परिवारद्वारा विपन्न परिवारकालागि दैनिक निःशुल्क खाना खुवाईदै

राजविराज, ११ वैशाख । सप्तरीका एक परिवारले लामो समयको वन्दाबन्दी (लकडाउन)का कारण दैनिकी कष्टकर बन्न पुगेका विपन्न परिवारलाई दैनिक रुपमा निःशुल्क खान खुवाउन थालेका छन ।
सुरुङ्गा नगरपालिका–४ कदमाहाका भुवनेश्वर साफीका परिवारले विपन्न परिवारलाई दैनिक रुपमा निःशुल्क खान खुवाउन थालेका हुन् । ‘वन्दाबन्दी भएको झण्डै एक महिना भयो, जसको प्रत्यक्ष असर यहाँका विपन्न परिवारलाई परेको छ’ साफीले भने–‘उनीहरुलाई छाक टार्न समस्या भईरहेको पाइएपछि हामीले दैनिक रुपमा खाना खुवाउन सुरु गरेको हो।’


गत मंगलवारबाट हामीले खाना खुवाउन सुरु गरेकोमा दैनिक जसो ५ सय जनाले खाना खान आउने गरेको उनले बताए । ‘आर्थिक सहयोग खास गरी छोराहरुले नै गर्ने गरेका छन’ नेपाली काँग्रेसका भातृसंगठन नेपाल दलित संघ सप्तरीका अध्यक्ष समेत रहेका साफीले भने–‘सरकारी सेवामा कार्यरत रहेका दुई जना छोराले आ–आफ्नो एक–एक महिनाको तलब उपलब्ध गराएपछि खाद्यान्नहरु खरिद गरेर खाना बनाएर विपन्न परिवारलाई खुवाउँदै आएको हो ।’
साफीको जेठो छोरा डा.अनिलकुमार रजक सप्तरीको भारदहस्थित जिल्ला अस्पताल भारदहमा कार्यरत छन भने कान्छो छोरा संतोशकुमार रजक सप्तरीस्थित बलान विहुल गाउँपालिकामा सब इन्जिनियर पदमा कार्यरत छन ।
दुवै जना भाजुभाईले वुवाले सुरु गरेको खाना खुवाउने कार्यमा भान्सेको रुपमा सघाउदै आएका छन । ‘वुवाले विपन्न परिवारलाई निःशुल्क खाना खुवाउने विचार गरेपछि एक एक महिनाको तलब दिएर दाजुभाईले भान्सेको सम्पूर्ण कार्य गर्दै आएको छु’ साफीका कान्छो छोरा संतोशले भने–‘लकडाउनको अवधिभर विपन्न परिवारलाई दैनिक रुपमा निःशुल्क खाना खुवाउने योजना रहेको छ ।’
उनले खाद्यान्न अभावका कारण छाक टार्न समस्या भईरहेका परिवारलाई सहभागी हुन आग्रह समेत गरे ।