• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लकडाउन उल्लंघन गर्नेलाई कार्वाही गर्ने नयाँ शैली

लकडाउन उल्लंघन गर्नेलाई कार्वाही गर्ने नयाँ शैली

राजविराज, १० वैशाख । सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना हुन नसकेपछि सप्तरी प्रहरीले पिआरटी र आरआरटी टोली परिचालन गरेको छ ।
बिना कारण सडकमा हिडडुल गर्नेहरुलाई पिपिई सहित परिचालित प्रहरी टोलीले मेन क्याचिङ्ग डिभाइसको माध्यमबाट केहीबेर नियन्त्रणमा लिएर सम्झाई–बुझाई पठाउने गरिएको हो । नियम उल्लंघन गर्नेहरुलाई उभ्याएर लकडाउनमा पालना गर्नुपर्ने नियमको बारेमा सम्झाएर आईन्दा लकडाउन उल्लंघन नगर्ने शर्तमा छाडिने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
कोरोना भाइरस र लकडाउनको गम्भीरतालाई सर्वसाधारण नबुझिदिएका कारण प्रहरीलाई थप मेहनत गर्नुपरेको उनले बताए । आफुहरु आम जनताको हितमा २४औं खट्ने गरेको जानकारी दिँदै प्रहरी उपरीक्षक प्रसाईले भने ‘टोलीहरु राजविराज सहित जिल्लाका विभिन्न चोकहरुमा बिना कामले हिडडुल गर्नेहरुलाई डिभाइसको माध्यमले नियन्त्रणमा लिएर पहिलो चरणमा लकडाउनमा पालना गर्नुपर्ने नियमबारे जानकारी दिएर सम्झाई–बुझाई पठाउने कार्यलाई अगाडि बढाईएको छ ।
वर्तमान जोखिमपूर्ण अवस्थामा श्रोतसाधनको अभाव रहेकोले स्थानीय स्तरमै सामाजिक दूरी कायम रहने गरी नियम उल्लंघन गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनकालागि डिभाइस बनाएर प्रयोगमा ल्याईएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मातहतकासवारी साधन उपलब्ध भएका ईकाईहरुमा पिपिआर, उपकरण सहितको टोली परिचालित गरिएको जाननकारी दिँदै उनले भने ‘यो लकडाउनको अवस्था हो, रहरले लगाईएको होइन, बाध्यता हो त्यसैले सुरक्षित रहनकालागि अनिवार्य रुपमा पालना गरि सहयोग गरिदिनुहुन सप्तरीवासीसँग आग्रह छ ।’
जुनसुकै बखत परिचालन हुनसक्ने गरी जिल्लाको विभिन्न स्थानहरुमा पिआरटी र आरआरटी टोली परिचालन गरिएको जनाईएको छ ।