• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

जनप्रतिनीधि भेट्न र गहुँ खेतमा किसानसँग व्यस्त छन् कृषि मन्त्री

जनप्रतिनीधि भेट्न र गहुँ खेतमा किसानसँग व्यस्त छन् कृषि मन्त्री

राजविराज, २४ चैत्र । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आह्वान गरेको लकडाउनको समयमा जनप्रतिनीधिहरु घरमै रहने गरेको अवस्थामा प्रदेश सरकारका एक मन्त्रीको अधिकांश समय गाउँमै बित्ने गरेको छ ।
प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषि तथा सहकारी शैलेन्द्र प्रसाद साहको दैनिकी नै बनेको हो गाउँघर घुमेर जनताको अवस्थाबारे जानकारी लिने तथा समाधानको उपाय खोज्ने । मन्त्री परिषद्को बैठकमा सहभागी हुनुका साथै मन्त्रालयलाई समेत वर्तमान अवस्थामा सक्रिय पार्दै उनी गृह जिल्ला सप्तरीमा समेत व्यस्त देखिएका छन् । चौतर्फी कोरोनाको त्रास रहेको अवस्थामा मन्त्री साहले जिल्लाको विभिन्न स्थानीय तहहरु पुगेर त्यहाँका प्रमुख लगायत जनप्रतिनीधिहरुसँग लकडाउनको अवस्था, सम्भावित कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको तयारी, गरिब, दलित, विपन्न एवम् दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदूरहरुलाई छाक टार्न समस्या भईरहेको भन्दै त्यसको समुचित राहत प्याकेजबारे मन्त्री साहले जानकारी लिएका छन् ।
गृह जिल्ला सप्तरी आएलगत्तै मन्त्री साहले आइतबार तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतका जनप्रतिनीधिहरुसँग विविध पक्षबारे जानकारी लिएका छन् । यसैगरी सोमबार मात्रै महादेवा गाउँपालिकाका प्रमुख दिपक यादव (टुटुबाबु), उपप्रमुख ममता यादव लगायत ६ वटै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुसँग मन्त्री साहले छलफल गरेका छन् ।
यसैगरी मन्त्री साहले लकडाउनका कारण किसानहरुले गहुँबाली समयमै काट्न नसकेका कारण दाना झर्नै लागेकोले सामाजिक दूरी बनाएर उनीहरु गहुँबाली काट्न तथा घर भित्र्याउन सुझाव दिएका छन् । किसानको खेतमै पुगेर उनले सिकाउँदै कोरोना भाइरसबाट जोगिन सावधानी अपनाउनकालागि आग्रह गरेका छन् ।