• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज नगरपालिकामा किटनाशक औषधी छर्किदै

राजविराज नगरपालिकामा किटनाशक औषधी छर्किदै

राजविराज, १९ चैत्र । सप्तरीको राजविराज नगरपालिकाले नगरमा सरसफाई समेतमा ध्यान दिँदै किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को भाइरससहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै नगरपालिकाले विगत एक सातादेखि किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाका अनुसार हालसम्म वडा नम्वर १, ३, ४, ५, ६, ७ र ८ मा पूर्ण औषधी छर्किने कार्य सम्पन्न भईसकेको छ ।
नगरको वडा नम्वर २ र ९ मा बाँकी रहेको स्थानमा औषधी छर्किने कार्य भईरहेको उनले जानकारी दिए । नगरवासीलाई वर्तमान अवस्थामा केही राहत होस् भन्ने उद्देश्यले औषधी छर्किने कार्यलाई अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । यसैक्रममा कोरोनाका सम्भावित विरामीहरुकालागि क्वारेन्टाइन रहेको साइकृष्णा अस्पताल परिसरमा समेत औषधी छर्किएको नगरपालिकाका प्राविधिक प्रमेश्वर यादवले जानकारी दिएका छन् ।