• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नेपाल बाहिरबाट आएर जानकारी नगराई घर बस्नेलाई कार्वाही गरिने

नेपाल बाहिरबाट आएर जानकारी नगराई घर बस्नेलाई कार्वाही गरिने

राजविराज, १९ चैत्र । कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारवाही गर्ने भएको छ ।
त्यस्ता व्यक्तिहरुलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारवाही र दण्ड सजाय गर्ने प्रशासकिय अधिकृत जनार्दन कट्टेलद्वारा बुधवार जारी गरिएको सुचनामा उल्लेख छ । भाइरस संक्रमणको अवधिमा नेपाल प्रवेश गरी जानकारी नदिई विभिन्न स्थानमा बसोवास गरिरहेका वा गर्ने व्यक्ति, नेपाल सरकारले तोकेको सर्त बमोजिम क्वारेन्टाइनमा नबसि आदेशको बर्खिलाप कार्य गर्ने व्यक्तिलाई कारवाही गर्ने भएको छ ।
यसैगरी भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा असहयोग गर्ने, बाधा व्यवधान गर्ने वा गराउने व्यक्तिलाई सो ऐनअनुसार कारवाही गर्ने सुचनामा उल्लेख छ । भारत विहार राज्यसँग सिमाना जोडिएको सप्तरीमा केही दिनयता रातिको समयमा प्रहरीलाई छलेर नेपाल प्रवेश गरि घरमा बसोवास गरिरहेको पाएपछि कार्यालयले त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्ने तयारी थालेको जनाएको छ ।