Top_Header_Right_Add

जमातबाट फर्किएकामाथि प्रहरीले बढाए निगरानी, एकै दिन ६ जनालाई क्वारेन्टाइनमा पठाइयो

भारतबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालयको आग्रह
जमातबाट फर्किएकामाथि प्रहरीले बढाए निगरानी, एकै दिन ६ जनालाई क्वारेन्टाइनमा पठाइयो

राजविराज, १९ चैत्र । भारतको विभिन्न स्थानमा आयोजना गरिएको जमातमा सहभागी भएर घर फर्किएका सप्तरीको ६ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।
मंगलवार मध्येराति घर फर्किएका उनीहरुले स्वास्थ्य जाँच नगराई सिधै घर पुगेका थिए । प्रमुख जिल्ला अधिकारी सुनिल खनाल नेतृत्वमा पुगेका नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।


भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहलाई राजविराज नगरपालिकाकै विभिन्न वडाबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिएका छन । ‘भारतको विभिन्न ठाउँबाट घर फर्किएका ८ जनाको सुची हामीसँग छ’ उनले भने–‘जसमध्ये ६ जनाको खोजी गरी क्वारेन्टाइनमा पठायो।’
बाँकीको पनि खोजी कार्य भईरहेको एसपी प्रसाईंले बताए । भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै जमातमा सहभागी भएकाहरु उच्च जोखिममा रहेको कुरालाई ध्यान राखि भारतबाट फर्किएका सम्पूर्ण व्यक्तिहरुमाथि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको जनाएको छ ।


क्वारेन्टाइनमा पठाइएका व्यक्तिहरु भने दिल्लीसम्म नपुगेको बताईरहेका छन । उता, गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा.चुमनलाल दासले क्वारेन्टाइनमा पठाइएको सवै व्यक्ति समान्य रहेको बताए । ‘उहाँहरुमा ज्वरो वा रुघाखोकी जस्ता त्यस्तो केही लक्षण छैन्’ टोलीमा सहभागी समेत रहेका डा.दासले भने–‘तथापी, क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यक छ ।’


जिल्ला प्रशासन कार्यालयले भारतबाट आएका व्यक्तिहरुलाई सम्वन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा गएर बस्न आग्रह गरेको छ ।

About The Author

News Portal Web design in Saptari Offer