• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीद्वारा कुटिए टेलिकम कर्मचारी, पचास बाइकको साँचो प्रहरी नियन्त्रणमा

प्रहरीद्वारा कुटिए टेलिकम कर्मचारी, पचास बाइकको साँचो प्रहरी नियन्त्रणमा

राजविराज, १६ चैत्र । क्वाटरबाट कार्यालयतर्फ जादै अवस्थामा राजविराज स्थित नेपाल टेलिकमका कर्मचारी राकेश मण्डल आइतवार प्रहरीद्वारा कुटिएका छन् ।
फिल्ड वर्कर मण्डल छेउमै रहेको कार्यालयतर्फ जाने क्रममा प्रहरी टोलीले उनलाई लट्ठीले कुटपीट गरेका हुन् । आफु कार्यालय जान लागेको भनी जानकारी दिँदै कर्मचारी परिचयपत्र देखाउँदा पनि लट्ठीले कुटेको ‘न्यूज टुडे’ जानकारी दिए ।
प्रहरीले आफुमाथि ज्यादती गरेको भन्दै कुटपीट गर्ने प्रहरीलाई उनले कार्वाहीको माग गरेका छन् ।
यसैगरी राजविराज नगरपालिकाले सर्वसाधारणको सहजताकालागि राज रङ्गशालामा सञ्चालनमा ल्याएको हाटबजार जाने क्रममा तथा अन्य विभिन्न स्थानहरुबाट प्रहरी पचास भन्दा बढी मोटरसाइकल तथा स्कूटरको साँचो नियन्त्रणमा लिएको छ । दुई पाङ्ग्रे सवारी साधनबाट अनावश्यक रुपमा बाहिर निस्केर भींडभाड गर्ने गरेकोले लकडाउनलाई पूर्ण पालना गराउने क्रममा सवारी साधनको साँचो खोसिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
पहिलो दिन भएकोले लकडाउनलाई अवज्ञा गर्ने चालकहरुलाई चेतावनी दिँदै एक पटककालागि साँचो दिएको उनले बताए । देशमा लकडाउनको अवस्था रहेकोले त्यसलाई पालना गरी सम्भावित जोखिमबाट जोगाउन जिल्लावासीसँग प्रहरी उपरीक्षक प्रसाईले आग्रह गरेका छन् ।