• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना अपडेटः सप्तरीमा क्वारेन्टाइनमा भर्ना हुनेहरुको संख्या कति ? (विस्तृत हेर्नुहोस्)

कोरोना अपडेटः सप्तरीमा क्वारेन्टाइनमा भर्ना हुनेहरुको संख्या कति ? (विस्तृत हेर्नुहोस्)

राजविराज, १५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद एक सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुमा स्थापना गरिएको क्वारेन्टाइनमा एक सय २६ पुरुष र ९ महिलालाई राखिएको छ । शनिवार साँझ प्राप्त पछिल्लो अपडेट अनुसार भर्ना भएका कुल एक सय ३५ जनामध्ये एक महिला र १२ पुरुषलाई डिस्चार्ज गरिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा रुघाखोकी,ज्वरो सहित भाइरसकै जस्तो लक्षण देखिएपछि सुरुमा निगरानीमा राखिएपनि उपचारको क्रममा त्यस्तो नपाएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सप्तरीमा १८ वटै स्थानीय तहले आफ्ना पालिकामा विदेशबाट आएका र आउने व्यक्तिहरूमाथि निगरानी गर्न ३ सय ९९ शैय्याको क्वारेन्टाइन कक्ष सञ्चालन गरेको छ । उक्त क्वारेन्टाइनमा खाने, बस्ने, नियमित जाँच सहितका सेवाहरु स्थानीय तहहरुले नै उपलब्ध गराउँदैआएको छ ।