• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्वारेन्टाइन बनाउन युवा नेता कर्णद्वारा सात कोठे घर सहयोग

क्वारेन्टाइन बनाउन युवा नेता कर्णद्वारा सात कोठे घर सहयोग

राजविराज, १५ चैत्र । विश्व नै कोरोना भाइरसको जोखिममा रहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका निवासी युवा नेता रंजित कर्णले आफ्नो निजी घर अस्थायी क्वारेन्टाइनकालागि उपलब्ध गराउने घोषणा गरेका छन् ।
राजविराज नगरपालिका वडा नम्वर–३ स्थितको सात कोठाको सुविधा सम्पन्न पक्की घर उपलब्ध गराउने घोषणा गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९)को त्रासदीपूर्ण अवस्थामा यसबाट जोगिन र जोगाउनकालागि सम्पूर्ण नेपाली जनता एकजुट भई अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अवस्थामा सहयोग गर्नु नै वर्तमान आवश्यकता देखिएकोले आफ्नो निजी घर महामारी नियन्त्रणमा नआउन्जेलसम्मकालागि निःशुल्क उपलब्ध गराउने जानकारी दिए ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका पूर्व केन्द्र अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले उक्त विषयमा सप्तरी जिल्ला प्रशासन समक्ष आफ्नो घर क्वारेन्टाइनका लागि दिने जानकारी समेत गराईसकेको बताए । देश विषम परिस्थितिमा रहेका बेला सरकारलाई सहयोग गर्नु नै हामी सबैको साझा दायित्व भएकोले आफ्नो तवरबाट हुनसक्ने सहयोग गरेको नेता कर्ण जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट बच्नकालागि हामी आफैले सजगता अपनाउनु पर्नेमा जोड दिँदै सबैलाई सतर्कता अपनाई सुरक्षित रुपमा बस्न उनले आग्रह समेत गरेका छन् । ईन्जिनियर समेत रहेका नेता कर्णले बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक प्रकोपमा समेत सहयोग गर्दैआएका छन् ।